संगठन स्थापना दिवसका अवसरमा विपन्न विद्यार्थी भर्ना तथा शैक्षिक सामाग्री हस्तान्तरण

April 26, 2024 adminद्वारा प्रकाशित

बागलुङ । नेपाल निजामति कर्मचारी संगठन बागलुङले ३५ औं स्थापना दिवस मनाएको छ । संगठनको स्थापना दिवसको अवसरमा रुद्रेपिपल मावि बागलुङमा विपन्न विद्यार्थीको भर्ना तथा पाठ्यपुस्तक सँगै शैक्षिक सामाग्री हस्तान्तर गर्दै संगठनले आफ्नो स्थापना दिवस मनाएको हो ।
नेपाल निजामती कर्मचारी संगठन बागलुङले २०७४ सालमा अभिभावकत्व ग्रहण गरेको विद्यार्थी गोकुल नेपालीलाई कक्षा ८ मा भर्ना गर्दै एक कार्यक्रममा बिच पाठ्यपुस्तक, शैक्षिक सामाग्री लगायतका सामाग्री हस्तान्तरण गर्दै संगठन स्थापना दिवस मनाइएको हो । तत्कालीन सम्माननीय प्रधानमन्त्री केपी शर्मा वलीले थालनी गर्नुभएको विद्यार्थी भर्ना अभियान संगठनले २०७४ साल देखि नै निरन्तरता दिदै आएको नेपाल निजामती कर्मचारी संगठन बागलुङका अध्यक्ष श्याम कुमार थापा मगरले बताउनुभयो । २०७४ सालदेखि निरन्तर रुपमा विद्यार्थी गोकुल नेपालीको अभिभावकत्व नेपाल निजामती कर्मचारी संगठन बागलुङले गर्दै आएको र आगामी दिनमा समेत यसलाइ निरन्तरता दिने अध्यक्ष थापाले बताउनुभयो ।

नेपाल निजामती कर्मचारी संगठनका तर्फबाट प्रदान गरिएको पाठ्यपुस्तक लगायतका सामाग्री रुद्रपिपल माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमल बोहोरा तथा नेपाल निजामती कर्मचारी संगठनका गण्डकी प्रदेश सदस्य सरस्वती देवी रेग्मीले संयुक्त रुपमा हस्तान्तरण गर्नुभभएको थियो ।
पेशागत आन्दोलन संगै विभिन्न अवसरमा सामाजिक उत्तरदायित्त्व बहन गर्ने एवं रचनात्मक क्रियाकलापहरु संचालन गर्दै आएको निजामती कर्मचारी संगठन बागलुङले यस किसिमको कार्य गरेकोमा नेपाल निजामती कर्मचारी संगठन गण्डकी प्रदेश इन्चार्ज घनश्याम सापकोटाले धन्यवाद ज्ञापन गर्नुभयो ।
जिल्ला कार्यसमिति
मनोज कार्की
अध्यक्ष
९८५७६२८७७७
तुलसीराम कंडेल
सचिव
९८४७७६४८८०