हाम्रो बारेमा
June 14, 2023 adminद्वारा प्रकाशित
२०४७ बैशाख ७ गते केन्द्रिय स्तरमा नेपाल निजामती कर्मचारी संगठन स्थापना भए सँगसँगै नेपाल निजामती कर्मचारी संगठन बागलुङको स्थापना कालमा मिति २०४७।३।१ मा बागलुङको समिक्षालयमा पहिलो भेला बसेको थियो जसमा तत्कालीन कामु प्रजिअ सुर्यनाथ कोइरालाको उपस्थितिमा भेला आयोजना गरिएको थियो । जसमा कामु प्रजिअ सुर्यनाथ कोइराला, जनस्वास्थ्य शाखा बागलुङका नासु हुमनाथ सुवेदी, खानेपानी शाखा बागलुङका ट्रेसर भु मिराज विष्ट,धौलागिरी अंचल अस्पताल बागलुङका नासु कृष्णराज ढुङ्गाना, कोलेनिका बागलुङका सहलेपा हरि प्रसाद न्यौपाने, कृषि शाखा बागलुङका कार्यालय सहयोगी टिकाराम उपाध्याय उपस्थिति निम्नानुसार थियो । भेलाले गरेको निर्णयानुसार असार ६ गते भेला बस्ने र प्रत्येक कार्यालयवाट १।१ जनाका दरले उपस्थितिका लागि अनुरोध गरिएको थियो जसमा मुखिया खिमराम शर्मा, टाख पिङ्गलराज गौतम, खगराज पाण्डे, नन्दराम शर्मा, पिंगलराज पन्त, शेषराज रेग्मी, टेकनारायण केसी लगायत २४ जनाको भेला भएको थियो । यसैको आधारमा असार ८ गते निजामती न्यून वैतनिक कर्मचारी तदर्थ समितिको भेला भएको थियो । जसमा शुभ श्रेष्ठ, गंगा राना, जानकी केसी, जगत कुमारी मल्ल, इन्द्र बहादुर शाक्य, घनश्याम शर्मा, महादेव सापकोटा, पिङ्गलराज गौतम, गोविन्द प्रसाद शर्मा, खेमराज पन्त लगायत १०८ जनाको भेला भएको थियो । सो भेलाले नेपाल न्यून वैतनिक कर्मचारी संगठन जिल्ला तदर्थ समिति बागलुङ गठन भएको थियो । विभिन्न आरोह / अवरोह र संघर्षहरु पार गर्दै अविछिन्न एवं गतिशील रुपमा आघि बढिरहेको यस जिल्ला कार्यसिमितिको एघारौं जिल्ला अधिवेशन सम्पन्न भैसकेको छ l तत्कालिन सरकारले आन्दोलनमा सक्रिय संगठनका कतिपय सदस्यहरुलाई निलम्बन र केहीलाई बर्खास्त समेत गर्र्यो l सोहि आन्दोलनमा सक्रिय कतिपय अग्रज संगठकहरु आज सम्म पनि निरन्तर संगठनको निर्माण, विकास र विस्तारमा क्रियाशिल हुनुहुन्छ l यसरी बागलुङ संगठन इतिहास देखि नै आफुलाई अब्बल र सक्षम सावित गर्दै आइरहेको एक गतिशील जिल्ला संगठन हो l यसले संगठन केन्द्रको निर्णय, निर्देशन र कार्यक्रमलाई पूर्ण रुपमा कार्यान्वयन गर्ने र आफ्नै पहलमा पनि थुप्रै पेशागत आन्दोलनको अगुवाईका साथै रचनात्मक र सृजनात्मक कार्यहरु गर्दै आइरहेको छ l