नेपाल निजामती कर्मचारी संगठनले यसरी सम्झियो सहिद मनोज झपेन्द्र र सुरेन्द्रलाई

July 31, 2023 adminद्वारा प्रकाशित

नेपाल निजामती कर्मचारी संगठनले विभिन्न कालखण्डमा संचालन गरेका आन्दोलनमा विरगति प्राप्त गर्ने सहिदहरु मनोज जोशी, झपेन्द्र कार्की र सुरेन्द्र बि.क.को स्मृतिमा सप्ताहब्यापी कार्यक्रमहरु आयोजना गरि भव्य रुपमा मनाएको छ ।

सहिद मनोज झपेन्द्र सुरेन्द्र स्मृति दिवस २०८० का सन्दर्भमा साउन १३ गते जिल्लास्थित सरकारी कार्यालयमा कार्यरत निजामती कर्मचारीहरुको बीचमा ब्याडमिन्टन प्रतियोगिता, साउन १५ गते पुरस्कार वितरण, माल्यार्पण, वेवसाइट सार्वजनिकरण एवं मूल समारोह कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा सहिदको तस्विरमा माल्यार्पण, ब्याडमिन्टन प्रतियोगिताका बिजेता तथा उपबिजेताहरुलाई पुरस्कार वितरण तथा नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिति बागलुङको आधिकारिक वेवसाइटको औपचारिक शुभारम्भ लगायतका कार्यक्रमहरु संचालन गरिएको थियो ।


नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसिमिति बागलुङको आधिकारिक वेवसाइट प्रमुख अतिथि चित्रांगत बरालले लग इन गरी औपचारिकरुपमा शुभारम्भ गर्नुभएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि निमित्त प्रमुख जिल्ला अधिकारी चित्रांगत बराल, नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय सचिवालय सदस्य तथा बागलुङ इन्चार्ज तेज प्रसाद निउरे, प्रमुख कोष नियन्त्रक धर्मभक्त बस्याल लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । संगठनका अध्यक्ष श्याम कुमार थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिव मनोज कार्कीले गर्नुभएको थियो ।

जिल्ला कार्यसमिति
मनोज कार्की
अध्यक्ष
९८५७६२८७७७
तुलसीराम कंडेल
सचिव
९८४७७६४८८०